त्रिकोण रातो शशि--सूर्य--अङ्कित
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

त्रिकोण रातो शशि--सूर्य--अङ्कित ।
ध्वजा छ हाम्रो गुरु--गौरवान्वित ।।
 
लडाइँ मा शत्रु जितेर छाड्छ जो ।
छ विश्व मै `वीर´ भनी प्रमाणित ।।
 
जुनै विपद् मा पनि मुस्कुराउने ।
छ रक्त हाम्रो जग मै प्रशंसित ।।
 
सुरम्य झर्ना , सरिता र ताल छन् ।
हुँदैन हेरीकन को अचम्भित ?
 
अनेक छन् धर्म अनेक संस्कृति ।
तथापि हामी सब छौं अखण्डित ।।
 
हिमाल होस् पर्वत या तराई होस् ।
छ देश हाम्रो इनमै प्रतिष्ठित ।।
 
स्वदेश हो यो शिव को र बुद्ध को ।
यहाँ दुवै छन् सबबाट पूजित ।।
 
`युवा´ कुनै कृष्ण कुनै छ अर्जुन ।
रहोस् सधैं ऊ हित मा समर्पित ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016