थाहा मलाई भयो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

को हौ ए दिन रात आइरहने , यो श्वास प्रश्वास मा ?
को हौ ए अविराम छाइरहने , यो कल्पनाकाश मा ?
यो एकान्त र शान्त रात बिच को,निद्रा बिगार्ने तिमी
मेरो `प्रेमिल भाव´ राग - रङ ले,झन्झन् सिँगार्ने तिमी
 
मेरो काव्य सजाउने लय दिने , तिम्रै कलाकार हो
मेरो जीवन सिर्जनामय हुने , तिम्रै चमत्कार हो
केही दिव्य गरेर जानुछ भनी , प्रस्ताव गर्ने तिमी
ऊर्जा रूप बनेर यो रगत मा , उत्ताप भर्ने तिमी
 
त्यो तिम्रो तन मा छ तीव्र बिजुली,झट्का दिँदो जोड ले
तिम्रो केवल याद बाट मुटु यो , जल्दैछ बेतोड ले
के को शक्ति रहेछ त्यो वदन मा , यो प्राण सल्काउने ?
मेरो पत्थर - चित्त मा प्रणय को , कोशी छचल्काउने ?
 
मेरो जीवन साधनामय बनोस् , भर्थ्यौ तिमी चेतना
पूजा साथ प्रदक्षिणामय बनोस् , गर्थ्यौ सधैं प्रेरणा
थाहा छैन म कत्ति साधक बनें , त्यागी तपस्वी बनें
तेजस्वी म बनें कि मादक बनें , योगी यशस्वी बनें
 
मेरो चैन लिई कता तिर गयौ ? फर्काइदेऊ न है
मेरो नीँद लिई कता तिर लुक्यौ ? फर्काइदेऊ न है
पाऊँ नीँद र चैन हे सुकविते ! चाहा मलाई भयो
त्यो पाउन्न कसै युगौँ युग बितोस् , थाहा मलाई भयो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016