दाम्पत्य को सुन्दर सूत्र
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

हाम्रा संस्कृति सभ्यता विविध छन् , छन् विश्व मै उन्नत
कैयौं रीतिरिवाज ती गहन छन् , छन् विश्व मै अद्भुत
ती मध्ये छ विवाह को गहकिलो , दाम्पत्य को बन्धन
यो नै सृष्टि निमित्त उच्च तह को , संस्कार हो पावन
 
गर्दै सात परिक्रमा अनल को यज्ञाग्नि को सुन्दर
सातै जन्म सँगै हुने प्रणहरू , गर्छन् बधू औ वर
यो दाम्पत्य प्रशस्त फल्छ गतिलो , विश्वास को बोट मा
यो दाम्पत्य अटूट बन्छ अति नै , सच्चाइ को कोट मा
 
आधा अङ्ग बनेर दम्पति दुवै , सत्कर्म गर्छन् भने
एकार्का सँग शुद्ध पूरक बनी , सद्धर्म गर्छन् भने
चढ्छन् सङ्कट का अनेक पहरा , हाँसी-खुशी दम्पति
बढ्छन् जीवन का चिरेर खतरा , हाँसी-खुशी दम्पति
 
`शङ्का´कीट बनी छिर्यो यदि भने,दाम्पत्य मा टोक्दछ
`धोका´ वज्र बनी गिर्यो यदि भने , दाम्पत्य मै ठोक्दछ
उस्तै स्वार्थ घमण्ड दम्भ र अहम् , दाम्पत्य का जाल हुन्
रक्सी जाँड चुरोट तास र जुवा , दाम्पत्य का काल हुन्
 
कप्टी खेल नहोस् कतै छल नहोस् , दाम्पत्य श्रीवृद्धि मा
एकार्का मन मा कुनै मल नहोस् , दाम्पत्य को सिद्धि मा
जस्तो आय रहन्छ सो किसिम को , होस् पारदर्शी व्यय
सेवा आपस मा रहोस् र गरियोस् , सत्प्रेम को सञ्चय
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016