ध्यान होस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

खुल्छन् वैभवपूर्ण प्राकृत छटा,नेपाल का सुन्दर
जान्छन् दूर विलुप्त भैकन घटा,मुस्काउँछन् भूधर
शोभा अद्भुत शारदीय छ यहाँ,जो कल्पनातीत छ
व्याख्या के कसरी गरूँ म अहिले,जो वर्णनातीत छ
 
झर्ना छन् हिमताल छन् कति यहाँ ,संसार बिर्साउने
अग्ला शैल सफा हिमाल कति छन् , आनन्द बर्षाउने
छल्की छल्छल बग्दछन् हिमनदी,जीवन्त बन्दै यहाँ
मानौं झल्मल गर्दछिन् वसुमती , हाँस्दै र रम्दै जहाँ
 
सल्ला साल सिसौ प्रजाति तरु का,छन् जङ्गलै जङ्गल
गर्छन् यो परिवेश स्वस्थ र सफा , झन् मङ्गलै मङ्गल
हज्जारौं थरि का बुटी फल जहाँ,फल्छन् र झर्छन् त्यसै
अन्जानै कति सर्व - औषधिहरू , हुर्केर मर्छन् त्यसै
 
डुम्री साज शमी र आँप अलसी , छन् जत्ति यो देश मा
बेलौती खनियो र चाँप तुलसी , छन् कत्ति यो देश मा
केमोमाइल छन् रिठा टिमुर छन् , ब्राह्मी र बर्राहरू
यार्सा छन् र जटामसी कपुर छन् , हल्दी र हर्राहरू
 
ई हुन् स्वर्णिम सम्पदा मुलुक का , टल्की बसेका सधैं
ई हुन् दारुण दु:ख हर्न जन का , पर्खी बसेका सधैं
रक्षा होस् इनको प्रबर्द्धन बढोस् , उद्योग निर्माण होस्
सत्ता शासन गर्न मात्र नभुलोस् , ई वस्तु मा ध्यान होस्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016