नबन्नू विना अर्थ को `काग´ भन्छु
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

युवा ! शीघ्र होऊ तिमी `आग´ भन्छु
हटाऊ घना मूर्च्छना `जाग´ भन्छु
 
अहोरात्र माखा भई भन्भनायौ
बनी हेर तेजस्विलो `खाग´ भन्छु
 
निकै नै सुन्यौं शब्द लालित्य तिम्रा
नसा मा बगोस् देश को `राग´ भन्छु
 
गँड्यौला बन्यौ च्यापियौ निस्सहाय
हुनू ओजिलो तेजिलो `नाग´ भन्छु
 
सुसम्पन्नता का स्वयम् हौ मुहान
नराख्नू कसै सङ्ग क्यै `माग´ भन्छु
 
हुने हो सधैं तुच्छ सिल्टे र गिल्टे ?
स्वयम् स्वर्ण - निर्माण मा लाग भन्छु
 
कुनेतृत्व का गन्दगी छन् तिमी मा
धुलाऊ सबै `दोष या दाग´ भन्छु
 
कि डाँफे कि मैना कि क्वैली हुने हो
नबन्नू विना अर्थ को `काग´ भन्छु

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016