नेपाल निर्माण मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

चाहे बादल गर्जियोस् कहर को , झन् वज्रवाही बनी
चाहे वायु मडारियोस् जहर को , झन् वेगवाही बनी
बढ्नै पर्छ विरुद्ध जे छ खतरा , नेपाल का खातिर
मेट्नै पर्दछ राहु को ग्रह - दशा , नेपाल को आखिर
 
सङ्लो राष्ट्रिय भावना हृदय मा , छल्काउँदै जानु छ
अग्लो विस्तृत चेतना नयन मा , टल्काउँदै जानु छ
इट्टा काठ सिमेन्ट बन्नु छ सबै , नेपाल निर्माण मा
नौलो गर्नु छ मार्ग खन्नु छ हदै , नेपाल निर्माण मा
 
यो माटो प्रति जालझेल सहँदै , हाँस्ने कुरा छाड्नु छ
कप्टी खेल बुझेर मौन रहँदै , बाँच्ने कुरा त्याग्नु छ
यो तेजोमय विश्व मा प्रगति का , तारा छुने हैन र ?
चम्केको बहुमूल्य रत्न सुन या पारा हुने हैन र ?
 
कालो रात उज्याल्न दीप मन को , बाल्दै यहाँ बस्नु छ
स्वार्थी घातक चेतना मगज को , फाल्दै घुँडा धस्नु छ
मान्छे मा अब प्रेम को समर होस् , सत्साधना गर्नु छ
हाम्रो मानवता सदा अमर होस् , यै भावना भर्नु छ
 
हिंसा धार्मिक नाम मा यदि भए , त्यो धर्म - उन्माद हो
हत्या नैतिक काम मा यदि भए , त्यो शर्म को बात हो
मैत्री भाव विकास गर्न मन मा , होस् प्रेम को चिन्तन
हामी कृष्ण बनेर उठ्नु छ यहाँ , बोकेर गोबर्द्धन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016