पशु को बिलौना
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

ए मान्छे ! तँ विकास मा अघि बढिस्,तेरो बढ्यो चेतना !
तैंले जून चुमिस् तथापि किन हो , घट्दोछ संवेदना !!
जिब्रा को वश मा परिस् र घटिया,व्याख्या गरिस् धर्म को ।
मारिस् मूक निरीह जीव बिचरा,बिर्सिस् कुरा मर्म को।।
 
हामी छौं असहाय यो भुवन मा , बाँचौं कसोरी यहाँ ?
मान्छे क्रूर र नीच छस् कुजन छस् ,नाचौं कसोरी यहाँ ?
तेरा लागि सधैं - सधैं बलि हुने ,हाम्रो भयो जीवन ।
धर्ती निम्ति तँ बोझिलो हुन पुगिस् , स्वार्थी छ तेरो मन ।।
 
तेरो अन्तर का महान् पशुहरू, तैंले कुनै मारिनस्!
आफ्ना दोष विकार-पुञ्ज जति छन् , तैंले कुनै खारिनस्!!
सक्छ्स् रेट्न भने तँ रेट्न मनुवा! ती काम , क्रोधादि नै!
सक्छस् मेट्न भने तँ मेट्न मनुवा! ती लोभ मोहादि नै!!
 
तेरो चेतन मात्र चेतन हुने , बाँकी सबै सोत्तर !
तेरो जीवन मात्र जीवन हुने , बाँकी सबै पत्थर !!
गर्दैछस् अधिकार का जब कुरा,कर्तव्य आफ्नो भुलिस्!
तातो आँसु र मासु ले रगत ले , उन्मत्त बन्दै झुलिस्!!
 
काम - क्रोध र लोभ का पशुहरू,तैंभित्र उन्मत्त छन् !
तेरो आत्मिक शक्ति शोषण गरी,निर्धक्क भै बस्तछन्!!
तेरो पौरख देखिनेछ जहिले, होलास् तँ सत्साधक!
तोड्लास् जीर्ण विचारका तँ पहरा,जे बन्दछन् बाधक!!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016