पात
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

हावा चले पात फरर्र नाच्छन्
पानी परे पात हलल्ल हाँस्छन्
लाग्यो भने घाम रमाउँछन् ती
मस्ती र आनन्द जमाउँछन् ती
 
छन् पात हाँगा सँग गाँसिएका
हाँगा सँगै पुच्छर टाँसिएका
कस्तो सुहाईकन बस्दछन् ती
हल्लाउँदैमा न त खस्दछन् ती
 
पर्ला तुषारो रति छैन सुर्ता
साह्रो र गाह्रो पनि छैन बुझ्दा
आँधी हुरी को पनि दु:ख खप्छन्
संसार मा सुन्दर शान्ति थप्छन्
 
ती पात ले सुन्दर बन्छ बोट
मुस्कान पोखीकन खोल्छ ओठ
हावा सँगै पात बहेलिइन्छन्
झर्छन् जसै पात पहेँलिइन्छन्
 
ती पात हुन् जो विष - पान गर्छन्
संसार मा अमृत - दान गर्छन्
धूलो - धुवाँ को हर चाप झेल्छन्
ती घाम को राप र ताप छेल्छन्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016