प्रभो हे ! म लाई कुनै अर्थ छैन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

अहोरात्र मैले तिमी मात्र खोजेँ!
सबै सामु तिम्रै कुरा मात्र सोधेँ!!
त्यसै मा लिएको छु सन्तोष मैले !
अरू मा म लाई कुनै अर्थ छैन !!
 
बितेछन् यहाँ कत्ति मैना र वर्ष !
नशा नृत्य छन् चित्त मा छैन हर्ष !!
म अस्तित्व हूँ मात्र तिम्रै निमित्त !
अरू मा म लाई कुनै अर्थ छैन!!
 
कुनै काल यस्तो कतै आउला के ?
तिमी,सामु आएर मुस्काउला के ?
सुनौलो उही काल कल्पी रहेछु!
अरू मा म लाई कुनै अर्थ छैन !!
 
म मा छन्द छैनन् र छैनन् प्रबन्ध!!
न छन् फूल का कोपिला का सुगन्ध!!
म यो प्राण अर्पिन्छु तिम्रै निमित्त !
अरू मा म लाई कुनै अर्थ छैन !!
 
प्रभो हे ! म लाई नहेरे नहेर!
म मा स्पर्श मीठो नफेरे नफेर !!
म आँखा बिछाई पुकारी रहेछु !
अरू मा म लाई कुनै अर्थ छैन !!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016