बनाए
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

खजाना र सम्पत्ति "चारा" बनाए ।
कठै ! देश मेरो "बिचारा" बनाए ।।
 
मुसा गर्दछन् राज दर्बार भित्र ।
थिए जुन्किरी जो सितारा बनाए ।।
 
हिजो स्वर्ग जस्तो थियो देश मेरो ।
धुवाँ औ धुलो को पिटारा बनाए ।।
 
युवाशक्ति सारा पठाई विदेश ।
सबै भूमि बाँझा र थारा बनाए ।।
 
पछारे शयौं स्याल ले एक गाई ।
लुछी खान नङ्ग्रा र दाह्रा बनाए ।।
 
पसी राजधानी , सुरा भित्र डुब्न ।
तिराई तिरो , सर्वहारा बनाए ।।
 
अँध्यारो छ गल्ली , हिलो ले बिचल्ली ।
न बाटो बनाए न धारा बनाए ।।
 
कुनेता चुन्यौ कृष्ण ! तिम्रै छ दोष !
तिनैले अरू ज्यानमारा बनाए ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016