बन्दीपुरै मा
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

बजाइन्छ गाइन्छ बन्दीपुरै मा !
नचाइन्छ नाचिन्छ बन्दीपुरै मा !!
 
पुरानो कला हेर्न जाने उहीँ हो ।
मिठो साँझ को भोज खाने उहीँ हो ।।
खुवाइन्छ खाइन्छ बन्दीपुरै मा ।
बजाइन्छ गाइन्छ बन्दीपुरै मा ।।
 
यहाँ को टुँडिखेल ले चित्त तान्छ ।
सबै जाति को मेल ले दु:ख जान्छ ।।
नचाइन्छ नाचिन्छ बन्दीपुरै मा ।
बजाइन्छ गाइन्छ बन्दीपुरै मा ।।
 
यहाँ आउने आउँछन् बारबार ।
मयाँ लाउने लाउँछन् बारबार ।।
हराइन्छ छाइन्छ बन्दीपुरै मा ।
बजाइन्छ गाइन्छ बन्दीपुरै मा ।।
 
हिमाली छटा देख्न पाइन्छ दामी ।
पहाडी घटा देख्न पाइन्छ छामी ।।
हँसाइन्छ हाँसिन्छ बन्दीपुरै मा
नचाइन्छ नाचिन्छ बन्दीपुरै मा ।।
 
नशा लाग्छ यो गाउँले - सृष्टि बाट ।
दशा भाग्छ यो ठाउँ को दृष्टि बाट ।।
बडो शान्ति पाइन्छ बन्दीपुरै मा ।
बजाइन्छ गाइन्छ बन्दीपुरै मा

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016