बन्लान् महान् बोट ती
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

हुर्कन्छन् कति घाँस का रुखहरू,अग्लो हुने सोच मा ।
हाँगा पात बढाउँछन् गगन का , तारा छुने सोच मा ।।
आकाङ्क्षा परिपूर्ण गर्नुछ भनी , पाताल पुग्छन् जरा ।
आँधी ले न उडूँ , कसै म न ढलूँ ; भन्दै समात्छन् धरा ।।
 
काटिन्छन् नव-पालुवा र चिचिला, डाला-मुना सुन्दर ।
भत्किन्छन् अरुकै निमित्त सपना या चाहना का घर ।।
उस्तै फेरि पलाउँछन् र हरिया बन्छन् पुनः बोट ती ।
नौला फूल फुलाउने रहर मा,खोल्छन् पुनः ओठ ती ।।
 
वर्षौं वर्ष यहाँ यसै किसिम ले,छन् काटिएका मुना ।
गाई गोरु बचाउने ठहर मा ,छन् छाँटिएका मुना ।।
बास्ना छर्न त फुल्नु पर्दछ यहाँ , सारा कलीफूल ले ।
रोपिन्छन् शुरुवात मै सुमन ती , स्वार्थादि का शूल ले ।।
 
खाल्डा खन्न जरा उखेल्न कति को बानी छ चर्को यहाँ ।
खुट्टा तान्न , अँचेट्न , पेल्न कति को बानी छ अर्को यहाँ ।।
चारैतर्फ छ यो परिस्थिति भने के हुन्छ ती बोट को ?
वाणी मा प्रतिकार हुन्न बलियो,के अर्थ भो ओठ को ?
 
उठ्नै पर्दछ माथि माथि रुख ले,फुल्ने र फल्ने भए ।
जुट्नै पर्दछ झेल्न तीव्र भुमरी,आँधी बदल्ने भए ।।
ती सारा प्रतिकूलता सँग भिडे,बन्लान् महान् बोट ती ।
बाधा या व्यवधान का शिर गिँडे,बन्लान् महान् बोट ती ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016