बाल कविता
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

प्रात: भयो सूर्य उदाइहाले
चारै दिशा ज्योति फिँजाइहाले
पन्छी अनेकौं थरि चिर्बिराए
चल्ला - बचेरा पनि भुर्भुराए
 
कर्तव्य सम्झाउन सूर्य आए
गन्तव्य देखाउन सूर्य आए
उत्साह को दीप जगाइहाले
आलस्य को शत्रु भगाइहाले
 
संसार मा रङ्ग - उमङ्ग छर्न
ऊर्जामयी जीवन रङ्ग भर्न
मुसुक्क हाँसीकन सूर्य आए
तमान्ध नाशीकन सूर्य आए
 
खेती र बाली परिपूर्ण गर्न
संसार को शोक र भोक हर्न
दाता - विधाता सरि सूर्य आए
भूर्लोक द्यूर्लोक खुशी गराए
 
हरा - भरा जङ्गल गर्न सूर्य
संसार कै मङ्गल गर्न सूर्य
तताउँदै जीवन झल्मलाए
नैराश्य मा आश - दियो जलाए

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016