बेताल मा नाच्नु त नाच्नु हैन ।
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

बेताल मा नाच्नु त नाच्नु हैन ।
बेहाल मा बाँच्नु त बाँच्नु हैन ।।
खाई अरूको पसिना र पानी ।
लाजै विना हाँस्नु त हाँस्नु हैन ।।
 
आयोग का पुस्तक कण्ठ गर्नु ।
"विद्वान् भएँ" ठान्नु त ठान्नु हैन ।।
विज्ञान छैनन् न कला न सीप ।
आयुष्य ले पाक्नु त पाक्नु हैन ।।
 
जाने विना `आत्म - रहस्य ´ मूल ।
डाला - मुना जान्नु त जान्नु हैन ।।
आराधना गर्दिनँ देव मान्छु ।
एस्ता कुरा मान्नु त मान्नु हैन ।।
 
लाखौं छ भित्री मन मा हिसाब ।
पैसा - प्रिया छाड्नु त छाड्नु हैन ।।
बाँच्छन् भने उच्च कुनै महात्मा ।
छैनन् भनी ढाँट्नु त ढाँट्नु हैन ।।
 
राखेर कालो मन मा अँध्यारो ।
दीपावली बाल्नु त बाल्नु हैन ।।
भत्काउँदै देश र धर्म आफ्नो ।
बाटो पुनः टाल्नु त टाल्नु हैन ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016