बोलाउनू हे प्रिय
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

तिम्रो पूजन का निमित्त मन का , दैला खुला छन् प्रिय
तिम्रो स्वागत गर्न प्रेम जल का , घैला खुला छन् प्रिय
आऊ निर्मल प्रेम को मधु पिई , यो प्राण का पास मा
छाऊ उज्ज्वल शारदीय शशि झैँ , यो चित्त आकाश मा
 
चाहे उन्नत या अधोनत बनूँ , चाहे निभूँ या बलूँ
चाहे लाश बनी बगूँ म जल मा , चाहे चिता मा जलूँ
तिम्रै शक्ति हुनेछ यो रगत का , थोपाहरू मा प्रिय
तिम्रै भक्ति हुनेछ यो हृदय का , खोपाहरू मा प्रिय
 
सेवा गर्न कुनै महान् पल मिलोस् ,ऊर्जा छ यी हात मा
श्रद्धा गर्न सुबुद्धि निर्मल मिलोस् ,इच्छा छ झन् साथ मा
तिम्रो मद्दत मा शरीर छ खडा , आदेश देऊ प्रिय
बोकेको छु सधैं म अमृत - घडा , आदेश देऊ प्रिय
 
तिम्रा दु:ख र दर्द फाल्न जहिल्यै , तूफान फाँड्नेछु म
तिम्रा पीर र तीर हर्न अहिल्यै , सम्मान छाड्नेछु म
तिम्रो तिक्तपना लिँदै जहर का , प्याला पिई जान्छु म
तिम्रा रोग र शोक या कहर का , ज्वाला लिई जान्छु म
 
तिम्रो प्राण सुक्यो नदी सरि भने , भर्नेछु सञ्जीवनी
मुर्झायो दिल को कली यदि भने , राख्नेछु छाया मनि
तिम्रो जीवन - नाउ पल्टिन पुगे , बोलाउनू हे प्रिय
छाती चर्किन घाउ बल्झिन पुगे , बोलाउनू हे प्रिय

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016