भगवत् शरणागति
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

न जाही जुही छन् न बेली गुँहेली ।
न गोदावरी छन् न चम्पा चमेली।।
विना पुष्प पूजा म गर्दैछु तिम्रो ।
प्रभो हे ! स्वयं पाउ पर्दैछु तिम्रो ।।
 
न छन् सुन्तला मुन्तला आँप अम्बा ।
न अङ्गूर छन् मौसमी छन् न मेवा ।।
विना स्याउ पूजा म गर्दैछु तिम्रो ।
प्रभो हे ! स्वयं पाउ पर्दैछु तिम्रो ।।
 
न सिन्दूर पाती न छन् धूप दीप।
न नैवेद्य लाजा न छन् अर्घ्य खूप।।
विना पाद्य पूजा म गर्दैछु तिम्रो ।
प्रभो हे ! स्वयं पाउ पर्दैछु तिम्रो ।।
 
न छन् लड्डु पेडा न मिष्ठान्न मेवा ।
न स्वादिष्ट पक्वान्न छन् गर्न सेवा ।।
विना भोग पूजा म गर्दैछु तिम्रो ।
प्रभो हे ! स्वयं पाउ पर्दैछु तिम्रो ।।
 
बढाऊँ भने साधना शक्ति छैन ।
चढाऊँ भने भावना भक्ति छैन ।।
विना प्रेम पूजा म गर्दैछु तिम्रो ।
प्रभो हे ! स्वयं पाउ पर्दैछु तिम्रो ।।

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016