भगवद् आह्वान
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

कतै मोहिनी बात ले चित्त खिच्छन्
कतै चाँदनी रात ले चित्त खिच्छन्
छ रङ्गीन संसार , छोडेर आऊ
तिमी चित्त को तार मोडेर आऊ
 
नशा नृत्य छन् ,गीत छन् चित्त खिच्छन्
कि सङ्गीत छन् प्रीत छन् चित्त खिच्छन्
तिमी मोह - निद्रा टुटाएर आऊ
कि वा ज्ञान - मुद्रा जुटाएर आऊ
 
अहङ्कार सारा फुकाएर आऊ
कि विद्वेषधारा सुकाएर आऊ
तिमी प्रेम को दिव्य आस्वाद निम्ति
स्व - अस्तित्व आँफै चुकाएर आऊ
 
तिमी बाँध - पर्खाल तोडेर आऊ
नशादार जे जे छ छोडेर आऊ
म नै दिव्य - उन्माद वर्षाइदिन्छु
म मा प्राण को तार जोडेर आऊ
 
तिमी अग्नि निल्छौ भने मात्र आऊ
कि वा ज्यान दिन्छौ भने मात्र आऊ
म आत्मा तिमी निम्ति मा खोलिदिन्छु
अनौठो सुधा प्रेम को , घोलिदिन्छु

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016