भो लेखनी फालिदे
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

पापी भ्रष्ट विरुद्ध गर्जन सके , ए कृष्ण ! लेख् काव्य तँ
घाती दुश्मन माथि वज्रन सके ,ए कृष्ण ! लेख् काव्य तँ
गिट्टी - पत्थर फालिदे अनि त्यहाँ , माटो नयाँ हालिदे
लेख्दैनस् यदि धारिला तँ कविता , भो लेखनी फालिदे
 
तेरा लेख पढी सुनी डमरु झैँ , जागून् युवा देश का
धर्ती खन्न निफन्न दोष र कमी , लागून् युवा देश का
हीरा लेख् अनि स्वर्ण लेख् सृजन मा, माटो ढुटो चालिदे
लेख्दैनस् यदि धारिला तँ कविता , भो लेखनी फालिदे
 
सैरन्ध्री भयग्रस्त छन् कति यहाँ , देखेर ती कीचक
सीताजी पनि त्रस्त छन् मुलुक मा , देखेर उत्पीडक
तातो अग्नि - विचार लेख् अनि दियो , चारै दिशा बालिदे
लेख्दैनस् यदि धारिला तँ कविता , भो लेखनी फालिदे
 
मान्छे का कुविचार माथि गमला , फुल्ने बनून् लेख ती
पाखण्डी व्यभिचार माथि हमला , गर्ने बनून् लेख ती
बग्दो राष्ट्रिय अस्मिता अब तँ रोक् , जो छिद्र छन् टालिदे
लेख्दैनस् यदि धारिला तँ कविता , भो लेखनी फालिदे
 
मिच्दा साँध सतर्क गर्न कविता , छल्काइदे ए कवि !
बाँध्दा बाँध तुरुन्त अग्नि - कविता , सल्काइदे ए कवि !
गोली - बारुद लेख् र दैन्यदुख का , पर्खाल ती ढालिदे
लेख्दैनस् यदि धारिला तँ कविता , भो लेखनी फालिदे

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016