मङ्गलमय गर प्राण
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

हे प्रभु!जनमन होस् भयशून्य !
जीवन गद्गद होस् अनि धन्य !!
सुस्थिर सुन्दर देश रहोस् यो!
भव्य सुसंस्कृत भेष रहोस् यो !!
 
देश छ धरणीतल को मोती!
संस्कृति का छन् नवनव ज्योति !!
तर पनि मति मा छैन सुगन्ध!
बुद्धि-विवेक भयो किन मन्द?
 
देश निमित्त न चिन्तक बोल्यो!
न त उसले हार्दिक मन खोल्यो!!
साधु र सज्जन को गति छैन !
दुर्जन गर्छन् मोज र चैन !!
 
हे प्रभु! अब यो सङ्कट हेर!
यो विपदामय हविगत फेर!!
जनमानस मा शुभ मति देऊ!
देश छ खिन्न ,कुमति हरिलेऊ !!
 
प्राकृत वैभवमय यो देश !
भोक र भय ले किन छ अशेष ?
विनति छ मेरो प्रभु!सुनिदेऊ!
उन्नत बन्ने पथ चुनिदेऊ !!
 
निर्मल मति मा जागृति आओस् !
दुच्छर मति को विकृति भागोस्!!
डुब्दो नाउ लगाऊ पार !
हे प्रभु!तिम्रो स्वर्ग उतार!!
 
जल्छ तराई यो मुटु पोल्छ!
लड्छन् भाइ यो मुटु पोल्छ!!
करुणाकर हे!देऊ त्राण!
सब को मङ्गलमय गर प्राण !!

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016