महिला हुन कत्ति गाह्रो
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

सानै हुँदा पनि म देख्छु विशेष छोरी
हुन्छन् सुकोमल र भावुक बेस छोरी
आजन्म देख्छु तिनमा भय दु:ख सारो
सोचेर हेर्छु महिला हुन कत्ति गाह्रो
 
संवेदना अधिक छन् गुण कर्म उस्तै
कर्तव्य छन् विविध उत्तम धर्म उस्तै
छोरी समक्ष अति बन्धन को तगारो
सोचेर हेर्छु महिला हुन कत्ति गाह्रो
 
पत्नी बनेर घरबार सँभाल्नु पर्ने
जस्तै भए नि परिवार अँगाल्नु पर्ने
सक्किन्न काम उनको छ सधैं हतारो
सोचेर हेर्छु महिला हुन कत्ति गाह्रो
 
दिक्दारिलो छ ॠतुकाल पट्यार लाग्ने
गर्भस्थ काल छ बिछट्ट अत्यार लाग्ने
बाटो कहाँ छ सजिलो ? छ सधैं उकालो
सोचेर हेर्छु महिला हुन कत्ति गाह्रो
 
आमा हुँदा सुख छ ; दु:ख शयौं गुना छ
त्यो दु:ख भित्र उनमा सुख को मुना छ
बच्चा सँगै छ कति फोहर को पसारो
सोचेर हेर्छु महिला हुन कत्ति गाह्रो
 
खाना पकाउन खुवाउन साफ गर्न
नाना धुलाउन मिलाउन राख्न धर्न
कार्यालयीय कति काम छ झन् लठारो
सोचेर हेर्छु महिला हुन कत्ति गाह्रो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016