मातृभूमि को दीपावली
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

जुनै कक्ष हेर्यो अँधेरी छ मेरो
भताभुङ्ग पीँढी-मझेरी छ मेरो
खुशी छैन आत्मा म के गुन्गुनाऊँ?
म दीपावली आज कस्तो मनाऊँ?
 
सबै भत्किएको छ भित्तो पुरानो
धुरी लत्किएको छ उस्तै छ छानो
घना पीरमर्का कहाँ गै सुनाऊँ?
म दीपावली आज कस्तो मनाऊँ?
 
बगैंचा चरी बाट रित्ता हुँदैछन्
घडेरीहरू अर्ध कित्ता हुँदैछन्
कसोरी म एक्लै यहाँ छुन्मुनाऊँ?
म दीपावली आज कस्तो मनाऊँ?
 
यहाँ सत्यवादीहरू मौन बस्छन्
असत्ती र पापीहरू प्राण डस्छन्
उही डाह खप्दै म केले खुसाऊँ?
म दीपावली आज कस्तो मनाऊँ?
 
उडे भीरमौरी कुनै दूर देश
मधु स्वप्न देखेर लाखौं विशेष
परेकी छु एक्लै म के मा रमाऊँ?
म दीपावली आज कस्तो मनाऊँ?
 
सधैं ढेडु को राज चल्दैछ हेर
बनी ऊ महाराज छल्दैछ हेर
इनै दर्द झेली म के मुस्कुराऊँ?
म दीपावली आज कस्तो मनाऊँ?

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016