मातृभूमि सँग
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

लेखें गीत कथा निबन्ध कविता , तिम्रो गरी सम्झना
देखें भव्य छटा विचित्र रमिता , तिम्रै गरी कल्पना
गर्छन् नृत्य मयूर ले तर म मा , तिम्रो नशा चढ्दछ
हर्छन् चित्त हिमाल ले तर म मा, तिम्रै नशा बढ्दछ
 
तिम्रो रूप उघार्न निम्ति सविता,झुल्कन्छ झैँ लाग्दछ
तिम्रै पाउ पखाल्न निम्ति सरिता,छल्कन्छ झैँ लाग्दछ
तिम्रो दिव्य सुगन्ध छर्न सिरिरी ,चल्दैछ हावा कि झैँ
तिम्रै निम्ति वसन्त ले कुसुम को छर्दैछ लाभा कि झैँ
 
तिम्रो गौरवपूर्ण गायन गरी , कोही यशस्वी बने
तिम्रा श्रीपद - धूलि सेवन गरी , कोही तपस्वी बने
तिम्रो मात्र सदैव चिन्तन गरूँ , झैँ लाग्छ यो चित्त मा
तिम्रै नाम जपूँ र दर्शन गरूँ,झैँ लाग्छ यो चित्त मा
 
तिम्रो अद्भुत रूप नै गजल मा , लेखूँ सदा झैँ हुने
तिम्रो श्रीमुख - माधुरी अचल भै , देखूँ सदा झैँ हुने
तिम्रो शुद्ध बतास - सास म पिऊँ , चाहन्न केही बरु
तिम्रै लोचन आसपास म जिऊँ , चाहन्न केही अरू
 
टाढा लक्ष्य छ किन्तु भेट्नुछ उही,सङ्घर्ष जारी रहोस्
मेरो कर्म भविष्य निम्ति सुकिलो - सन्देशदायी बनोस्
जे जे कर्म गरूँ म उत्तम गरूँ , होऊन् सदा सुन्दर
मेरो जीवन साधनामय बनोस् , देऊ न आमा ! वर

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016