मातृभूमि
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

मातृभूमि ! मातृभूमि ! `मन्त्र´ गाउँदै हिँडौं ।
देश--प्रेम दिग्दिगन्त सम्म छाउँदै हिँडौं ।।
 
आज दार्चुला छ खिन्न बुझ्नु पर्छ यो सबै ।
लिम्पिया छ छिन्नभिन्न यो बुझाउँदै हिँडौं ।।
 
मानवीय सभ्यता र वेदशास्त्र जन्मने ।
देवभूमि पुण्यभूमि हो चिनाउँदै हिँडौं ।।
 
भीम भक्ति शुक्र चन्द का सपूत हौँ सबै ।
यो बुझौं र स्वाभिमान झन् उठाउँदै हिँडौं ।।
 
एक--एक रक्त बिन्दु को कथा छ अद्भुत ।
त्यो उँचाइ त्यो बँचाइ जम्जमाउँदै हिँडौं ।।
 
न्याय सत्य धर्म कर्म चित्त भित्र राखियोस् ।
शूर वीर धीर पाउ झन् बढाउँदै हिँडौं ।।
 
छन् हजार रक्तबीज यत्र तत्र देश मा ।
ती बढार्न दन्त तीक्ष्ण कट्कटाउँदै हिँडौं ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016