मातृवात्सल्य
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

चोटै - चोट दियौ परन्तु मुटु को , मायाँ कहाँ लुक्दथ्यो ?
निद्रा - भोक लियौ परन्तु करुणा-झर्ना कहाँ सुक्दथ्यो ?
चिन्ता मात्र तिमी निमित्त छ ममा ,कस्तो छ तिम्रो दशा
तिम्रा निम्ति सदैव कल्पिरहँदा , सुक्दैछ मेरो नसा
 
हेमन्ती - वन ले वसन्त - सुषमा , पर्खी; बसे झैँ छु म
आशा - स्वप्न समस्त बादल बनी , दर्की खसे झैँ छु म
आँखा पाकिसक्यो नयाँ क्षितिज को ,लाली उषा पर्खंदा
प्राणै थाकिसक्यो निकास नहुँदा , अस्तित्व नै चर्कंदा
 
तिम्रा ती व्यवहार सम्झिरहँदा , छाती पुनः फुट्दछ
पीडा को हिमताल बन्छ मुटु मा , यो जिन्दगी टुट्दछ
यै हो सत्य परन्तु यो हृदय को , कारुण्य मर्दैन त
तिम्रो चिन्तन देखि दूर दिल यो , खै कत्ति सर्दैन त
 
रोगी जीर्ण छु ओखती पनि यहाँ , गर्दैन कोही किन ?
भोकी दीनदुखी छु दुर्बल - दशा , फेर्दैन कोही किन ?
साडी हेर ! धुजाधुजा छ तन मा , बेरेर बस्दैछु म
छाला हेर ! मुजामुजा वदन मा , दिक्दार मान्दैछु म
 
निस्केनन् अझ शेषनाग किन हो ? सङ्घर्ष व्यर्थै गयो
जन्मेनन् दमदार बाघ किन हो ? धिक्कार कोखै भयो
यो कालो युग मा अचानक कुनै , जन्मोस् सुनौलो रवि
चिर्दै तामस-रात्रि; यो गगन मा , चम्कोस् सितारा छवि

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016