मान्छे को स्वभाव
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

मान्छे लम्कन पुग्छ उच्च तह मा , सामर्थ्य ले शक्ति ले
मान्छे चम्कन पुग्छ भव्य पद मा , सङ्घर्ष ले जुक्ति ले
मान्छे भुल्छ अतीत मा सडक मा , लत्री हिँडेको कुरा
मान्छे भुल्छ हिजो विपत्ति पथ मा, उत्री भिडेको कुरा
 
मान्छे पुग्छ जसै महा शिखर मा , बेंसी - गरा भुल्दछ
तारा चुम्छ जसै उठी गगन मा , आफ्नै जरा भुल्दछ
अग्लो ठाउँ चढेर देख्दछ अरू , होचा र पुड्काहरू
आफैं भन्छ मपाइँ ठान्दछ अरू , घोचा र कुड्काहरू
 
लौरी भुल्दछ जो हिजो विगत मा , टेकी उकाली चढ्यो
साथी भुल्दछ जो हिजो सडक मा,बोकी उकाली चढ्यो ?
त्यो कस्तो मह हो र उच्च तह हो , कर्तव्य नै बिर्सने ?
त्यो कस्तो पद हो र मस्त मद हो , गन्तव्य नै बिर्सने
 
अग्लो ठाउँ बसेर भन्छ जनता , हुन् साग-भाजीहरू
आँफू माथि हुँदा सशक्त रहँदा , ऊ देख्छ पाजी अरू
ऊ मञ्चस्थ हुँदा अरू सतह का , बाख्रा र भेडा हुने
आँफू जान उँभो समस्त जनता , हात्ती र घोडा हुने
 
मान्छे ले नभुलोस् सधैं शिखर मा , पाइन्न है बस्न त
बेला आउँछ फिर्दछन् दिनहरू , पर्नेछ है खस्न त
के का लागि पुर्याइयो शिखर मा , उद्देश्य ऊ सम्झियोस्
लिस्नो मात्र कदापि हैन जनता , यो सत्य हो जानियोस्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016