मेरो कविता को आराधना
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

बेला आउँछ लेख्न निम्ति कविता , आफैं तिमी आउँछ्यौ
मेरो सुन्दर कल्पना - गगन मा , तारा बनी छाउँछ्यौ
तिम्रो याद विना कुनै पलहरू , हुन्छन् र खै जान्दिनँ
तिम्रा भाव समान चञ्चल अरू , हुन्छन् र खै मान्दिनँ
 
जाडो मौसम आउँदा पनि तिमी , बन्छ्यौ शरद् यामिनी
गर्मी मौसम छाउँदा पनि तिमी , बन्छ्यौ प्रिया कामिनी
वर्षा मा जल बर्षिंदा लय सँगै , झन् बर्षिदिन्छ्यौ तिमी
यो छाती भरि काव्य को रस सँगै , झन् हर्षिदिन्छ्यौ तिमी
 
तिम्रो सुन्दर रूप को हर घडी , आराधना गर्छु म
आफ्नै चेतन - तत्त्व नित्य रगडी , सत्साधना गर्छु म
तिम्रो मूर्ति समस्त यी शहर मा , लाग्थ्यो सुनौलो छवि
तेस्तो मूर्ति बनाउने रहर मा , जन्म्यो अनौठो कवि
 
मेरा स्नायु बगाउँछन् सुर सँगै , सङ्गीत तिम्रो प्रिये
सारा कोष जगाउँछन् लय सँगै , अस्तित्व तिम्रो प्रिये
तिम्रो अद्भुत छन्द ताल मुटु मा , ढुक्ढुक् गरी बज्दछ
तिम्रो छम्छम नृत्य यो हृदय मा , मस्तिष्क मा सज्दछ
 
तिम्रो स्वागतयोग्य आगमन ले , जागेँ म चैतन्य भै
तिम्रो प्रेम प्रसाद ले पुलक ले , बाँचेँ स्वयम् धन्य भै
यो तिम्रो गुन बिर्सिऊँ म कसरी , हौ काव्य की कुञ्जिका
मेरो जीवन पुष्पिका विकसिता , हौ शक्ति की पुञ्जिका
 
हे मेरी कविता ! बनेर सविता , आऊ न है टल्कँदै
झर्ना झैँ बहँदै र मौन रहँदै , आऊ न है छल्कँदै
तिम्रो ध्यान गरेर सेवक सदा , गर्दैछ यो प्रार्थना
सुन्नै पर्छ अवश्य यो हृदय को , आत्मीय - अभ्यर्थना
 
 
सविता = सूर्य
अभ्यर्थना = वन्दना

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016