मेरो घर
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

यो मेरो घर मा अनेक सपना , चिच्च्याउँदै बस्दछन् ।
साह्रै दीन दुखी भएर मुख नै , ङिच्च्याउँदै बस्दछन् ।।
पिन्चे रुग्ण पिलन्धरे छ विपना ,भोकाउँदो लाग्दछ ।
`आशा´ वृद्ध बनी पिँढी दलिन मा , झोक्राउँदो लाग्दछ ।।
 
यो मेरो घर सर्प दंसित भई , नीलो र कालो छ झैँ ।
बौलाहा जन बाट ध्वंसित भई , धूलो र मैलो छ झैँ ।।
चम्केको सुन मा फलाम लिपिँदो , देखिन्छ मेरो घर ।
हीरा माथि सिसा जडेर खिपिँदो , देखिन्छ मेरो घर ।।
 
बत्ती का मुनि अन्धकार नहुने , के युक्ति हुन्नन् कुनै ?
आगो मात्र हुने अँगार नहुने , के जुक्ति हुन्नन् कुनै ?
पैसा को जग मा खडा छ घर यो , रित्तो र थोत्रो तर ।
छन् कैयौं रुख भित्र भित्र गँभरा , देखिन्न धोद्रो तर ।।
 
आँखा खोलिदिएन झैँ विगत ले , पाठै सिकाएन झैँ ।
पाको बुद्धि लिएन झैँ मुलुक का , गाँठै फुकाएन झैँ ।।
रोएको सरि वर्तमान छ यहाँ , खानै नपाए सरि ।
भत्केकोछ भविष्य भव्य पथ मा , जानै नपाए सरि ।।
 
मानौं ऐठन बाट सास घर को , रोकिन्छ रोकिन्छ झैँ ।
छाती मा भरिएर आश सहसा , पोखिन्छ पोखिन्छ झैँ ।।
गौरीशंकर झैँ बनेर महँगी , हेर्दोछ आकाश नै ।
कालो सर्प बनेर भ्रष्ट दल ले , फेर्दोछ उछ््वाश नै ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016