feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

गरूँ काव्य को नित्य आराधना म ।
छरूँ विश्व मा देश को बासना म ।।
 
हरूँ अन्ध--अज्ञान बच्चाहरू को ।
झिकूँ यत्न का साथ सम्भावना म ।।
 
यहाँका जुनै काम छन् कष्टकारी ।
बनोस् देश मेरो , खपूँ वेदना म ।।
 
सबै कर्म मेरा , बनून् देवपूजा ।
सदा नै गरूँ देश को अर्चना म ।।
 
म जाऊँ जहाँ काल को बाध्यता ले ।
गरूँ नित्य नेपाल को सम्झना म ।।
 
रहोस् शुद्ध निष्ठा , ममा मृत्तिका को ।
पिऊँ देश को , भक्ति--सञ्चेतना म ।।
 
म माटो हुँ नेपाल को शश्यशाली ।
यसैमा मिलूँ , गर्छु यै चाहना म ।।
 
ममा तिर्सना झन् जगाऊ न कृष्ण ।
दिऊँ देश लाई , नयाँ सिर्जना म ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016