यदि तिमी त्यहाँ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

यदि तिमी त्यहाँ झुल्किँदैनथ्यौ
नयन मा सधैं टल्किँदैनथ्यौ
कवि म भित्र को जाग्दथ्यो कहाँ ?
शिखर दूर को ताक्दथ्यो कहाँ ?
 
यदि तिमी त्यहाँ आउँदैनथ्यौ
मधुर जून झैँ छाउँदैनथ्यौ
न त म भावना मा हराउँथें
न त म कल्पना मा रमाउँथें
 
यदि तिमी त्यहाँ देखिँदैनथ्यौ
मृदुल गीत मा लेखिँदैनथ्यौ
बगर को शिला झैँ म बन्दथेँ
डगर को टिला झैँ म बन्दथेँ
 
यदि तिमी त्यहाँ धाउँदैनथ्यौ
मधुर राग मा गाउँदैनथ्यौ
न त म एस्तरी पग्लने थिएँ
न त समुद्र झैँ सङ्लने थिएँ
 
यदि तिमी त्यहाँ मस्किँदैनथ्यौ
नयन ले नशा पस्किँदैनथ्यौ
न त म मा कुनै फूल फुल्दथ्य्यो
न त कवित्व को मूल फुट्दथ्यो
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016