यसो नगर्नू
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

नामर्द हौ हिम्मत छैन तिम्रो
औकात या इज्जत छैन तिम्रो
भनेर श्रीमान् सँग झन् नलड्नू
सम्बन्ध बिग्रन्छ ; यसो नगर्नू
 
हुन्छन् सबै का कमजोर पक्ष
कोही हुँदैनन् परिपूर्ण दक्ष
दुर्भाव का कान कतै नभर्नू
सम्बन्ध बिग्रन्छ ; यसो नगर्नू
 
राम्रा परी पाउन सक्छु भन्दै
तँ झैँ अरू ल्याउन सक्छु भन्दै
अर्द्धाङ्गिनी सामु हिलो नछर्नू
सम्बन्ध बिग्रन्छ ; यसो नगर्नू
 
अगाडि आहा अनि फेरि ताली
पछाडि डाहा अनि घोर गाली
नीचो नबन्नू र उँधो नझर्नू
सम्बन्ध बिग्रन्छ ; यसो नगर्नू
 
नशा लिँदै मत्त बनेर झुल्दै
कर्तव्य भुल्दै बिनु काम डुल्दै
रक्सी जुवा को लत मा नपर्नू
सम्बन्ध बिग्रन्छ ; यसो नगर्नू
 
विश्वास तोड्ने र चरित्र छोड्ने
सम्बन्ध अर्कै सँग गुप्त जोड्ने
निकृष्टता तर्फ कसै नसर्नू
सम्बन्ध बिग्रन्छ ; यसो नगर्नू

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016