युवा लाई आह्वान
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

भएनन् यहाँ काम विज्ञान माथि
न कामै भए यन्त्र वा यान माथि
युवा ! जागिदेऊ न आँखा उघारी
गरी तीव्र विद्रोह - सङ्घर्ष भारी
 
सियो छैन आफ्नो दियो छैन आफ्नो
बियो छैन आफ्नो मियो छैन आफ्नो
युवा ! शीघ्र होऊ न निर्माणकारी
गरी तीव्र विद्रोह - सङ्घर्ष भारी
 
न छन् खान दाना ; न छन् कारखाना
न छन् बस्न छाना ; न छन् फेर्न नाना
युवा ! आज होऊ न उद्योगधारी
गरी तीव्र विद्रोह - सङ्घर्ष भारी
 
जगल्ट्याइएको छ यो देश लाई
र गुल्ट्याइएको छ यो देश लाई
युवा ! शीघ्र होऊ न उद्धारकारी
गरी तीव्र विद्रोह - सङ्घर्ष भारी
 
धरी लालपुर्जा नजाऊ न अन्त
लिई भव्य ऊर्जा नजाऊ न अन्त
युवा ! बोकिदेऊ न देशै सिँगारी
गरी तीव्र विद्रोह - सङ्घर्ष भारी
 
छ जो देश - घाती कुलाङ्गार ठोक्न
कुहेको सडेको अहङ्कार रोक्न
युवा ! बन्न जाऊ न विध्वंसकारी
गरी तीव्र विद्रोह - सङ्घर्ष भारी

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016