युवा लाई मौका दिइयोस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

सामुद्री मझधार मा पुल नयाँ , निर्माण गर्छन् युवा
अग्ला दुर्गम शैल भेदन गरी , सन्धान गर्छन् युवा
ती हुन् साहस का ज्वलन्त प्रतिमा,ती निम्ति सम्मान खै ?
ती हुन् देश निमित्त शक्ति ; तिनको यो देश मा स्थान खै ?
 
पानी मा यदि अग्नि लाउन परोस् , हुन्छन् युवा सक्षम
खेती झन् मरु मा फलाउन परोस् , हुन्नन् युवा अक्षम
ठानिन्छन् जति जे असम्भवहरू , ती गर्दछन् सम्भव
ढुङ्गा काठ कुँदेर स्वर्णिम कला , ती रच्दछन् वैभव
 
माटो मा सुन फल्न सक्छ तिनले , खोले भने चेतना
चट्टानै पनि गल्न सक्छ तिनले , घोले भने एषणा
मौका मात्र दियौं भने गजब ले , गर्छन् चमत्कार ती
माटो शुद्ध तथा परिष्कृत गरी , भर्छन् अलङ्कार ती
 
मुठ्ठी मा सब कैद छन् मुलुक का , सौभाग्य रेखाहरू
छन् मस्तिष्क र रक्त मा युवक का , उद्योग - खाकाहरू
हुन्थे स्वस्थ दह्रा युवा यदि भने , के हुन्नथ्यो देश मा ?
मौका पाउँदथे कुनै पनि भने , के हुन्नथ्यो देश मा ?
 
अर्काको घर बस्न पोस्न कसको , इच्छा हुने गर्छ र ?
अर्कैको घर लिप्न पोत्न कसको , इच्छा हुने गर्छ र ?
बैसाखी अरुको बनेर जिउने , के चाहना हुन्छ र ?
फाटेका तिनका कुवस्त्र सिउने , के चाहना हुन्छ र ?
 
होस् एस्तो परिवेश यो मुलुक मा , कोही नजाऊन् पर
आफ्नो पौरख शिल्प बुद्धि बल ले , आफ्नै बनाऊन् घर
जो छन् भ्रष्ट र दुष्ट यो मुलुक मा , ती कोचियून् जेल मा
चाहे ती जुन हून् सबै निफनियून् , ती बाँधियून् नेल मा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016