यो सास चाहे बसोस्
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

सानो दीप बनी सधैं बलिरहूँ , छर्दै उज्यालो यहाँ
सानै कीट बनी सधैं बढिरहूँ , चढ्दै उकालो यहाँ
आओस् तीव्र हुरी कठोर भुमरी,आकाश चर्की खसोस्
मेरो लक्ष्य कसै पछाडि नपरोस् , यो सास चाहे बसोस्
 
भन्छन् वेद,"प्रकाश होस् ;अमृत को छोरा तँ होस् ;" जागिदे
"आफ्नो शक्ति तँ चिन् र दिव्य पथ को,सन्धान मा लागिदे"
छोपोस् त्यो विकराल काल जसले , यो देह पाता कसोस्
मेरो लक्ष्य कसै पछाडि न परोस् , यो सास चाहे बसोस्
 
यो संसार समुद्र हो लिनसके,मोती मुँगा छन् यहीँ
तर्ने हो भवसिन्धु शीघ्र सहजै , ठूला डुँगा छन् यहीँ
निन्दा होस् स्तुति होस् समान मति होस्,आत्मा न कैल्यै खसोस्
मेरो लक्ष्य कसै पछाडि नपरोस् , यो सास चाहे बसोस्
 
एकै ठाउँ खन्यो निरन्तर भने , निस्कन्न पानी कहाँ ?
राम्रा काम गर्यो निरन्तर भने , सुध्रन्न बानी कहाँ ?
हुन्छन् मोहक वस्तु लाख तिनमा , आँखा न कैल्यै फँसोस्
मेरो लक्ष्य कसै पछाडि नपरोस् ,यो सास चाहे बसोस्
 
एक्लै होस् तर प्याउली मधुमयी , फुल्दिन्छ त्यो भीर मा
क्वैली राग अलाप्न सुन्दर गला , खोल्दिन्छ त्यो पीर मा
तीखा दाँत धसोस् सधैं सकस ले , या सर्प बन्दै डसोस्
मेरो लक्ष्य कसै पछाडि न परोस् , यो सास चाहे बसोस्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016