र्‍याल काडेर मागौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

बाक्सा - पेटी , फोर्न पो हुन्न साथी
देखा देखी , चोर्न पो हुन्न साथी
लुक्दै - छिप्दै , जेसुकै गर्न हुन्छ
यो माटो को , अस्मिता हर्न हुन्छ
 
मागौं साथी ! जेसुकै माग्न हुन्छ
आफ्नो सीमा , शान ले नाघ्न हुन्छ
को माग्दैनन् ? राजनेता त माग्छन्
बोका राँगा , देउता ले त माग्छन्
 
मागौं मागौं , शक्ति खर्चेर मागौं
स्वामी लाई , भक्ति अर्पेर मागौं
माग्दा भित्री , धर्म छाडेर मागौं
बाँकी आफ्नो , शर्म छाडेर मागौं
 
भिक्षा माग्ने , रीति हाम्रो पुरानो
भाक्ने ढोग्ने , नीति हाम्रो पुरानो
एस्तो चल्ती , तोड्नमा पाप लाग्ला
जस्ले तोड्ला , देश को श्राप लाग्ला
 
खाना मागौं , बस्न छाना नि मागौं
दाना मागौं , भिर्न नाना नि मागौं
जे चाहिन्छन् , ती नछाडेर मागौं
जे पाइन्छन् , र्याल काडेर मागौं

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016