लक्ष्य - चिन्तन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

मेरो लक्ष्य निकै छ दूर नभ को , त्यो शुक्र तारा सरि
मैले बढ्नुछ नित्य निर्भय भई , त्यो अग्नि लाभा सरि
तृष्णा हुन्न अरूहरू सँग भिडूँ , स्पर्धा गरूँ जोड ले
इच्छा कत्ति हुँदैन होड म गरूँ , दौडूँ म बेतोड ले
 
गङ्गा झैँ गमिलो गभीर म बनूँ , होऊँ सदा सक्रिय
आँटी धीर र शूर - वीर म बनूँ , होऊँ सबै को प्रिय
यौटै लक्ष्य हिमाल झैँ अटल होस् , लागूँ दिवा रात नै
त्यो सम्पन्न गरेर मात्र म बसूँ , विश्राम का साथ नै
 
छाती भित्र हुरी र तीव्र भुमरी , झेलेर हिँड्ने बनूँ
बाधा विघ्न प्रपञ्च झेल - लहरी , पेलेर हिँड्ने बनूँ
सुक्ने त्यो खहरे भई म नबगूँ , चुम्ने बनूँ सागर
आफ्नो लक्ष्य निमित्त प्राण म दिऊँ ,ऊर्जा सँगै जाँगर
 
छन् मेरा कमजोर पक्ष बलिया , ती साथ लड्दै बढूँ
अल्छी - रोग चिरूँ निरन्तर भिडूँ , चट्टान अग्ला चढूँ
बारम्बार खसेर माथि चुचुरा , चुम्नेहरू सम्झिऊँ
आफ्नो अर्जुन लक्ष्य भेद्न मन मा,उत्साह बोकी जिऊँ
 
कोही बुद्ध बने विशाल मन मा , बोकेर त्यो लक्ष्य नै
कोही कृष्ण बने महान्; हृदय मा ,बोकेर त्यो लक्ष्य नै
आइन्स्टीन बने कुनै गजब का , गार्गी र क्यूरी कुनै
उस्तै लक्ष्य लिऊँ दुखैदुख पिऊँ , पर्नेछ तारा छुनै

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016