लिऊँ झैँ हुँदैन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

तिमी बाट केही लिऊँ झैँ हुँदैन
लिई प्रेम पानी पिऊँ झैँ हुँदैन
सधैं फूल ले दिव्य सौन्दर्य दिन्छन्
मधु - प्रेम मा पर्खने धैर्य दिन्छन्
 
छहारी दिंदै बोट फुल्दै र फल्दै
झुकी नम्र बन्दै र नाँच्दै र झुम्दै
जगत् जीव का लागि दीर्घायु दिन्छन्
लिँदैनन् बरु प्राण को वायु दिन्छन्
 
नदी - ताल - झर्ना - कुवा - पोखरी ले
चरी - सुन्दरी ले लता - वल्लरी ले
नशा मन्द दिन्छन् छटा - छन्द दिन्छन्
अभूत्पूर्व आनन्द का कन्द दिन्छन्
 
निकै दूर को चन्द्र ले कान्ति दिन्छ
बगैंचा लता - कुञ्ज ले शान्ति दिन्छ
न ता चन्द्रमा माग राखेर हाँस्छ
न ता कुञ्ज नै आश राखेर नाच्छ
 
पहाडी घटा ले न ता माग राख्छन्
हिमाली छटा ले न ता माग राख्छन्
हँसी मात्र दिन्छन् खुशी मात्र दिन्छन्
दिई मात्र राख्छन् दिई मात्र राख्छन्
 
न माग्छन् नदी ले कुवा पोखरी ले
न माग्छन् चरी ले लता - वल्लरी ले
त्यसैले त केही लिऊँ झैँ हुँदैन
लिई प्रेम पानी पिऊँ झैँ हुँदैन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016