लोप्पा ख्वाउनुपर्छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

गाडी झैँ उपभोग गर्छ उसले,यो देश का मानिस ।
घोडा झैँ उपयोग गर्छ उसले,यो देश का मानिस ।।
नौला स्वप्न छरेर गाउँघर मा,वर्षौं कहाँ लुक्छ ऊ ।
झुट्टा बात गरेर देश भर मा,कर्तव्य ले चुक्छ ऊ ।।
 
नारा दिन्छ चुनाव का अघि सधैं,यो देश चम्काउने ।
अग्लो उन्नति मा महान् प्रगति मा,यो देश लम्काउने ।।
लाखौं लाख युवा निमित्त घरमै,उद्योग खोल्छौं अब ।
सर्वोच्च स्तर का समृद्ध पथ का,बाटा छिचोल्छौं अब ।।
 
भन्दै झूट कुरा कथेर दुनियाँ,झुक्क्याउँदै हिँड्छ ऊ ।
मिथ्या कर्म गरी चुनाव रण मा,मुक्क्याउँदै भिड्छ ऊ ।।
भ्रष्टाचार उही फलाउँछ यहाँ,उम्रन्न अर्को कुरा ।
काला कर्म उही बढाउँछ यहाँ,सिर्जन्न अर्को कुरा ।।
 
हावा का गफ चुट्न मा कुशल ऊ,नेता सही भैदिए ।
सर्वाङ्गीण विकास गर्नुछ भनी,कोप्चाकुना गैदिए ।।
साठी लाख युवा विदेश तिर का,नेपाल फिर्ने थिए ।
आमा को ऋण भार पौरख गरी,सर्लक्क तिर्ने थिए ।।
 
विद्युत् रेल गुडाउने शहर मा,बाचा नयाँ गर्छ ऊ ।
भ्रष्टाचार उडाउने मुलुक का,साँचा कुरा गर्छ ऊ ।।
माग्ने भोट उही मुहार जहिले,सिन्को न भाँच्ने उही ।
उठ्ने खालि चुनाव मा पनि उही,यो देश बेच्ने उही ।।
 
गुन्डा को चलखेल मात्र कति हो,यो शम्भु को देश मा ?
मिथ्याचार र जालझेल कति हो,यो बुद्ध को देश मा ?
लोप्पा ख्वाउनुपर्छ हेर जनता ! ती व्यक्ति लाई यहाँ ।
जो छन् देश निमित्त घातक जुका,नेतृत्व लाई यहाँ ।।

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016