वार्ता विना कत्ति हुँदै हुँदैन
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

पापी छिमेकी लिपुलेक लुट्छ
यहाँ युवा जो छ विदेश उड्छ
मन्त्री छ मानौं भटमास भुट्छ
नेतृत्व द्वारा किन होश छुट्छ ?
 
सत्ता त ठूलो छ दुई तिहाई
मुसी बियाई न चरी बियाई
प्रधानमन्त्री सुतिराख्छ हाम्रो
खादा र फेटा गुतिराख्छ राम्रो
 
हल्ला गराईकन बस्छ नेता
चङ्गा उडाईकन बस्छ नेता
नारा जगाईकन देश भित्र
आगो लगाईकन बस्छ नेता
 
तुरुन्त सत्ता न त गर्छ वार्ता
न हुन्छ सम्पूर्ण दलीय वार्ता
प्रधानमन्त्री - स्तर को न वार्ता
द्विपक्ष राष्ट्र स्तर को न वार्ता
 
वार्ता विना कत्ति हुँदै हुँदैन
आगो बलोस् जत्ति छुँदै छुँदैन
बन्दुक बोकेर लडेर हुन्न
लडाइँ का बात गरेर हुन्न
 
खलीहरू ले छल नै गरे नि
वार्ता सबै निष्फल नै भए नि
सकिन्न हाम्रो बल बुद्धि जङ्ग
वार्ता हुने ठाउँ छ राष्ट्र सङ्घ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016