विश्व विचित्र प्रभो!
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

कति मधुरो हो तिम्रो सृष्टि
तान्दछ यसले चित्त प्रभो
जति खोल्यो उति खुल्दछ दृष्टि
लाग्दछ विश्व विचित्र प्रभो
 
तिम्रो सुमधुर राग श्रवण को
यो मन भित्र छ चाह प्रभो
तर कवितामय यो दुनियाँ ले
मृदु-मद थप्छ अथाह प्रभो
 
रस - सागर बिच तिम्रो मैले
डुब्नुछ मग्न बनेर प्रभो
तर भव को नव मधुमय रस ले
युक्त छु लिप्त बनेर प्रभो
 
तिम्रो दर्शन गर्ने इच्छा
यो मन मा छ अनन्त प्रभो
जीवन - पथ मा हिंड्दै गर्दा
आउँछ निश्चय अन्त प्रभो
 
स्पर्श अलौकिक लिन मा तिम्रो
मन मा तीव्र छ आश प्रभो
तर मायामय भव मा मेरो
बित्ने भो हर सास प्रभो
 
तिम्रो पद - मकरन्द पिएर
गर्नुछ तनमन धन्य प्रभो
जान्दछु तर पनि लुट्दछ जग ले
पार्दछ जीवन शून्य प्रभो

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016