संस्कृत भाषा र हामी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

भाषा `संस्कृत´ देव को र ॠषि को , हो वैदिकी ज्ञान को
गीता को श्रुति को पुराण जति को , हो आत्मविज्ञान को
`आमा´ हो हर शब्द को वचन को , हो आदि भाषा यही
पुण्यात्माजन को पुनीत मन को , हो दिव्य भाषा यही
 
यो भाषा सँग गूढ दर्शनहरू , बग्छन् सुसङ्गीत झैँ
लाग्छन् साङ्ख्य सुसाङ्ख्य चिन्तनहरू, मीठो कुनै गीत झैँ
थोरै मा पनि धेर भन्न सकिने , हो भव्य भाषा यही
नौला काव्य कला निफन्न सकिने , हो सभ्य भाषा यही
 
हाम्रा षोडश - कर्म को गहकिलो , आधार हो संस्कृत
पूजा यज्ञ र धर्म को चहकिलो , संस्कार हो संस्कृत
आफू बाँच्न अरू बँचाउन दिने , सञ्चेतना छन् यहीँ
आत्मोद्धार निमित्त उच्च तह का , उत्प्रेरणा छन् यहीँ
 
भन्छन् आज सुसाङ्ख्य निम्ति दह्रिलो , व्यापार हो संस्कृत
लाखौं वर्ष प्रकाश दूर नभ को , सञ्चार हो संस्कृत
मान्छे को स्मृति शक्ति को उपज हो , आधार हो संस्कृत
सच्चा नैतिक बुद्धि को हृदय को , आहार हो संस्कृत
 
भाषा बाहुन को भनेर कति ले , आगो लगायौं यहीँ
फाल्यौं ग्रन्थ असङ्ख्य फेरि मन को , खाँडो जगायौं यहीँ
त्याग्यौं रत्न ; टिप्यौं कसिङ्गरहरू , ठान्यौँ गर्यौं उन्नति
यै भाषा सँग पश्चिमी मुलुक ले , गर्दैछ सर्वोन्नति
 
हामी भूल गरेर हत्पत सँगै , कर्तव्य मा चुक्दछौं
केही फुर्सदिलो हुने समय मा , थाप्लो स्वयम् ठोक्दछौं
धर्ती मै पछि छौं तथापि मन मा , लाग्दैन चिन्ता रति
गल्ती गर्न तयार छौँ बरु अझै , जाग्दैन हाम्रो मति

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016