समर्पित सास सास
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

जे ठान जे भन तिमी म दिनेछु मायाँ
गाछी बनी सडक मा म दिनेछु छायाँ
तिम्रा निमित्त पथ स्वच्छ म गर्छु गर्छु
आपद् विपद् सँग सदैव म लड्छु लड्छु
 
जाऊ जहाँ ; घन - घटा सरि बर्षिदिन्छु
अत्युच्च प्राकृत छटा सरि हर्षिदिन्छु
हुन्छ्यौ भने यदि प्रसन्न म देखि साँच्चै
सन्तप्त - चित्त - मरु मा जल सर्सिदिन्छु
 
आफ्ना दुवै चरण चाल म फुक्छु बाटो
चारै दिशा छर सुगन्ध म बन्छु माटो
होऊँ म सेवक ; रहीकन आस पास
तिम्रा निमित्त छ समर्पित सास सास
 
न्यानो गरी सुख दिऊँ म बनेर ऊन
हाँसेर शीतल छरूँ म बनेर जून
छाया बनीकन रहूँ अति मौन मौन
तिम्रा समीप म गरूँ गति गौण गौण
 
चाहे तिमी नगर प्रेम म नित्य गर्छु
तिम्रा सबै स्मृतिहरू दिल भित्र भर्छु
यो प्रेम मा न त छ आश , न छन् अपेक्षा
छन् लाखलाख प्रिय निम्ति सदा सदिच्छा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016