सम्बन्ध - विच्छेद हुँदैछ आज
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

शिक्षा बढेको छ कुना - कुना मै
फुले फलेको छ मुना - मुना नै
तथापि दाम्पत्य रुँदैछ आज
सम्बन्ध - विच्छेद हुँदैछ आज
 
लोग्ने पढेको छ इमान छैन
पत्नी पढेकी छ कमान छैन
दाम्पत्य झन्झन् तुहुँदैछ आज
सम्बन्ध - विच्छेद हुँदैछ आज
 
लोग्ने घमण्डी दुलही छ दम्भी
दुवै जबर्जस्त दुवै प्रलम्बी
लडाइँ बढ्दैछ बिहान साँझ
सम्बन्ध - विच्छेद हुँदैछ आज
 
लोग्ने छ खाडी तिर हाड घोट्दै
पत्नी छ अर्को सँग प्रेम जोड्दै
डुब्दैछ सानो घर को जहाज
सम्बन्ध - विच्छेद हुँदैछ आज
 
कमाइ थोरै तर खर्च धेरै
घुमाइ धेरै तर अर्थ थोरै
बनावटी लाग्दछ काम काज
सम्बन्ध - विच्छेद हुँदैछ आज
 
मोडर्न बन्ने कुल रीति तोड्ने
परम्परा संस्कृति नीति छोड्ने
देखावटी कागज को छ ताज
सम्बन्ध - विच्छेद हुँदैछ आज
 
पत्नी विदेशी घर मा छ फँस्दै
लोग्ने यहाँ मोज गरेर बस्दै
के बन्न खोज्दैछ यहाँ समाज
सम्बन्ध - विच्छेद हुँदैछ आज

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016