स्वतन्त्रता केवल नाम मा छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

पुर्खा हिजो गौरव साथ बाँचे
साम्राज्यवादी मनसाय नासे
त्यो शान ऐले अपमान मा छ
स्वतन्त्रता मात्र चिहान मा छ
 
माग्ने कुरा को मति एउटै छ
टेक्ने घुँडा को गति एउटै छ
नेतृत्व सम्पूर्ण गुलाम मा छ
स्वतन्त्रता केवल नाम मा छ
 
कर्जा बढेको छ हरेक वर्ष
कहाँ छ मुस्कान कहाँ छ हर्ष ?
विकास हाम्रो बदनाम मा छ
स्वतन्त्रता केवल नाम मा छ
 
युवा यहाँ छैन विदेश मा छ
दासत्व मा देश प्रवेश मा छ
सत्ता परै बाट लगाम मा छ
स्वतन्त्रता केवल नाम मा छ
 
स्वदेश जैले अनुदान मा छ
नेतृत्व झन्झन् अभिमान मा छ
सम्पूर्ण संयन्त्र नकाम मा छ
स्वतन्त्रता केवल नाम मा छ
 
हेर्दा छ राम्रो रुख हेर मित्र !
चाटेर खाने धमिरा छ भित्र
बिकाउ सत्ता छलछाम मा छ
स्वतन्त्रता केवल नाम मा छ
 
लाखे बुख्याँचा दल हेर हाम्रो
जुत्ता सँगै चप्पल हेर हाम्रो
विदेश को माम र दाम मा छ
स्वतन्त्रता केवल नाम मा छ

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016