हड्डी कम्पित हुन्छ
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

मेरा आज नसा नसा रगत का , उम्लेर फुट्छन् कि झैँ
बङ्गारा पनि बत्तिसै कटकटी , चट्केर टुट्छन् कि झैँ
देखेको छु यहाँ विदूषकहरू , नौला नयाँ रङ्ग मा
देखेको छु नयाँ म शोषकहरू , छन् जोश मा जङ्ग मा
 
जन्मे अस्ति जहाँ र हुर्कन पुगे , डस्छन् उहीँ ती किन ?
फेरे सास जहाँ रहेर खुकुरी , धस्छन् उहीँ ती किन ?
रन्केको छ दिमाग आज कति को, यै जाल का कारण
बल्केको छ हरेक कोश मुटु को , यै चाल का कारण
 
ती गद्दार दलाल धूर्त मनुवा , छन् छद्म को भेष मा
आमा को मुटु माथि लात हनुवा,बस्छन् यसै देश मा
खान्छन् दाल र भात यै मुलुक को,बन्छन् अरू को हली
गर्छन् हात र पात यै मुलुक मा , दिन्छन् यसैको बलि
 
जन्मेनन् अझ सम्म बाघ तगडा , नेपाल का खातिर
निस्केनन् अझ शेष नाग खतरा , नेपाल मा आखिर
एम् सी सी किन चाहियो मुलुक मा , पोस्ने अरू नै भए ?
हाम्रो राष्ट्रिय स्वाभिमान यसरी , खोस्नेहरू नै भए ?
 
आमा छिन् अभिनन्दनीय तर ती , छन् पुत्र नालायक
स्वामी को स्तुति नित्य गायन गरी , बन्छन् महानायक
यो देख्दा मुटु पाक्छ भक्भक गरी,क्रोधाग्नि दन्कन्छ झन्
हड्डी कम्पित हुन्छ थर्थर गरी , मस्तिष्क रन्कन्छ झन्

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016