हाम्राहरू नै भरौं
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

रोगी वृद्ध सडान्ध व्यक्ति गण को , नेता बनाऔं अझै
भोगी क्रुद्ध जडान्ध यो मुलुक को , नेता बनाऔं सधैं
खाँबो अब्बल चाहिंदैन घर को , छानो भए पुग्दछ
आँखा सुन्दर चाहिंदैन जन को , कानो भए पुग्दछ
 
भ्रष्टाचार गरौं लुटौं सुन सँगै , यो देश को सम्पदा
अत्याचार गरौं भुटौं जनहरू , होला र के आपदा ?
पार्टी भव्य छँदैछ ढाक्छ उसले , कर्तूत काला सबै
कालो नाक मुहार पुस्छ उसले , धोइन्छ छाला सबै
 
चाहे जो करणी गरौं मन परी , हत्या बलात्कार नै
सत्ता श्री हरणै गरौं बध गरौं , नेतृत्व खुङ्खार भै
पार्टी आउँछ रोक्न छेक्न सहजै , कानून फालीकन
नेता धाउँछ ठोक्न साधु जनता , गुन्डा उचालीकन
 
भट्टी मा जिउँदै लगेर जनता , पोलौं कि जे जे गरौं
हिंसाजन्य कुकृत्य पोषण गरौं , बोलौं कि जे जे गरौं
जो गर्छन् व्यवधान ; हाकिमहरू किन्नै परे ती किनौं
अड्डा भित्र छिरौं अदालत चिरौं , छिन्नै परे ती छिनौं
 
राम्रा मानिस हैन उच्च पद मा , हाम्राहरू नै भरौं
उम्दा योग्य मनुष्य हैन घटिया , चाम्राहरू नै भरौं
जुम्रा हून् कि जुका हरेक तह मा , नाता र गोता लगौं
किर्ना हून् कि किरा समस्त पद मा, चाण्डाल चोट्टा लगौं

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016