हाम्रो भ्रष्ट प्रवृत्ति
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

हाम्रो भ्रष्ट प्रवृत्ति ले मुलुक को , सीमा छ कट्दो बुझौं
हाम्रै दुर्व्यवहार - दुर्नियत ले , घेरा छ घट्दो बुझौं
हामी त्यो इतिहास देखि अहिले , पाक्नै नसक्ने बन्यौं
कैयौं हण्डर खाइयो तर स्वयं , जाग्नै नसक्ने भयौं
 
हाम्रो ज्ञान इमान शान कुहिंदा , हामी भयौं निर्बल
हाम्रो सुन्दर स्वाभिमान चुहिंदा , हामी बन्यौं दुर्बल
कोही भीम बनेर दुर्बल - दशा , फेर्नै नसक्ने भयौं
कोही अर्जुन - दृष्टि ले शिखर मा , हेर्नै नसक्ने भयौं
 
यो हाम्रो कमजोर पक्ष रिपु ले , जान्यो र हान्यो उहीँ
हाम्रो भोग विलास राश रिपु ले , छान्यो र हान्यो उहीँ
हामी नित्य झुक्यौं अनैतिक हुँदा , नि:शेष भै बेचियौं
बारम्बार चुक्यौं चरित्र नहुँदा , पानी बनी पोखियौं
 
बिक्ने दासहरू चिनेर उसले , पोष्यो र पाल्यो युगौं
आगो ताप्न धुरी र खाट घर का , मास्यो र बाल्यो युगौं
जो जो व्यक्ति थियौं बिकाउ उसका , बिक्री हुँदै मासियौं
भत्कायौं घर का चुला अनि धुरी , वैरी सँगै टासियौं
 
सत्ता ताल्लुकदार मानिस किन्यो , राज्याधिकारी किन्यो
अड्डा का हकदार मानिस किन्यो ,ती धुन्धुकारी किन्यो
कोही बौद्धिक पत्रकार घर का , भेदी छुल्याहा किन्यो
जो जो हौं अलपत्रकार युग का , पापी मुल्याहा किन्यो
 
को को हौं हनुमान् विभीषणहरू , ती ती चिनेरै किन्यो
को हौं नीच कपूत दुश्मनहरू , ती ती चुनेरै किन्यो
हामी साधन भैदियौं मुलुक जो , जाँदैछ पाताल मा
वैरी को जन भैदियौं मुलुक जो , खाँदैछ बेताल मा

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016