हाम्रो वृन्दावन यात्रा १
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

यात्रा जीवन को अभिन्न गति हो,हो सृष्टि हेर्ने कुरा
यात्रा उन्नति हो सँगै प्रगति हो,हो दृष्टि फेर्ने कुरा
यात्रा ले मन फुक्छ विस्तृत भई,सङ्लन्छ सञ्चेतना
आफ्नो झुक्छ अहम् अधोनत भई,अग्लन्छ संवेदना
 
धेरै भौतिक काम बाट सहसा थाकेर आयो तन
यात्रा को मृदु सोच ले त्वरित नै , चङ्गा बनायो मन
नौला गाउँ र ठाउँ हेर्न र नयाँ , पाऔँ भनी चिन्तन
यात्रा यो परिवार ले शुरु गर्यो , श्रीधाम वृन्दावन
 
खेलेथे हरि ले उहीँ विपिन मा , गाई चराईकन
नाचेथे व्रज - गोपिका सँग उहीँ , वंशी बजाईकन
त्यो माधुर्यमयी रसामृतमयी , सञ्चेतना पाउन
लाग्यौं लक्ष्य लिएर गद्गद भई , श्रीधाम वृन्दावन
 
मौरी भै मधुपान गर्न जहिले , घुम्छन् जहाँ देवता
ब्रह्मा शङ्कर इन्द्र मारुतिहरू , हुन्छन् जहाँ लापता
हर्छन् जो त्रयताप जीवगण का , ती देवकी - नन्दन
गर्दै ध्यान हिँड्यौँ प्रसन्न मन ले , श्रीधाम वृन्दावन
 
भन्छन् शास्त्रहरू; श्रुतिस्मृति जहाँ पन्छी भई बस्दछन्
उस्तै साधु र सन्त वैदिक ॠचा , जन्मी जहाँ रम्दछन्
त्यो आनन्द घना सुधारस दिने , हो ठाउँ त्यो चिद् घन
चाल्यौँ पाउ चुमूँ भनेर अहिले , श्रीधाम वृन्दावन

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016