हाम्रो खप्पर आज भिक्षुक बनी
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

छाती भित्र अझै छ काव्य खहरे , चाहन्छ बौलाउन
पीडा - कष्ट बगाउँदै हर खुशी , चाहन्छ फैलाउन
हिंसा भोक र शोक का कहर का,हत्या बलात्कार का
सारा रोग विकार देश भरि का , चाहन्छ सिद्ध्याउन
 
इन्डो - पश्चिम का हरेक नखरा , च्यातेर मिल्काउन
उठ्दो शक्ति छ `चीन´ ऊ सँग मिली,नेपाल टल्काउन
आगो भैकन पोल्न खोज्छ यसले,तर्बार - चुप्पी - छुरा
नेपालै भरि घोल्न खोज्छ यसले,हिंसा विरोधी कुरा
 
अर्कै देखि गिथोलिँदै कति अरू , नाच्ने युवा हो भन ?
बैरी बाट बिथोलिँदै कति अरू , बाँच्ने युवा हो भन ?
माटो माथि उकास्न रावणहरू , लोप्र्याउँदै जानु छ
घाती भूत कपूत देश भरि का , दोब्र्याउँदै जानु छ
 
हेरेको छ अतीत को चहक ले , साँच्चै रिसाईकन
पर्खेको छ भविष्य को महक ले , भारी बिसाईकन
रोगाईकन वर्तमान बबुरो , सुत्दैछ नाङ्गो भई
हाम्रो खप्पर आज भिक्षुक बनी , झुक्दैछ बाङ्गो भई
 
छाती भित्र छ रुष्ट यो रचयिता , खोलेर सञ्चेतना
लाभा झैँ अझ उम्लँदै छ कविता , देखी व्यथा वेदना
यी मेरा कविता बढाउन पुगून् , उत्साह या जाँगर
पोल्ने अग्नि बनून् डढाउन पुगून् , यो देश का फोहर
 
 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016