हाम्रो वृन्दावन यात्रा २
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

जे जानिन्न पढेर पुस्तकहरू , देखेर जानिन्छ त्यो
जे सम्झिन्न सुनेर तत्त्व गहिरो , भोगेर सम्झिन्छ त्यो
यो गम्भीर कुरा लिई मगज मा , यात्रा गर्यौं शान को
श्रीवृन्दावन धाम को र वृज को , कैयौं नयाँ स्थान को
 
यो यात्रा कति गाउँ को शहर को,तीर्थादि को धाम को
हाँसो को पल को खुशी प्रहर को , सानन्द विश्राम को
यात्रा गोकुल नन्दगाँव मथुरा , गोबर्द्धनै को भर्यौं
कैयौं कुञ्ज निकुञ्ज को विपिन को,वृन्दावनै को गर्यौं
 
यात्रा दिव्य बन्यो र सन्त जन को , सत्सङ्ग पायौं महान्
आत्मा धन्य बन्यो र पुण्यमय भो , ऊर्जा जगायौं महान्
कैयौं अद्भुत साधना शिखर को , सद्भक्ति देख्यौं त्यहाँ
श्रीराधा वर कृष्णचन्द्र - पद मा , आसक्ति देख्यौं त्यहाँ
 
ज्ञानी ज्ञान बगाउँदै रज घसी , हिँड्दै थिए ; देखियो
ध्यानी ध्यान लगाउँदै हर घडी , भिड्दै थिए ; देखियो
विज्ञानी हरि - भक्ति को मधु पिई , बौलाउँदो देखियो
अज्ञानी पनि कृष्ण मा मन दिई , मौलाउँदो देखियो
 
कैयौं मन्दिर को विशेष वन को , श्रेणी र सैपाल को
कालिन्दी जल छाल को पुलिन को , यात्रा गर्यौं ताल को
जे अज्ञान थियो मनोदहर मा , यात्रा गरी त्यो चिर्यौं
देखेको मृदु सम्झना हृदय मा , बोकेर हामी फिर्यौं
 
 
रज = माटो
कालिन्दी = जमुना नदी
सैपाल = होचा पहाड
पुलिन = नदी किनार
मनोदहर = मनरूपी गुफा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016