हुन्नन् बलात्कार नि !
feather icon प्रकाशन मिती: २०७८ बैशाख १८ गते

नारी शान्ति स्वरूप छन् सरल छन् ,हेरौँ न सत्ता दिई
नारी कान्ति स्वरूप छन् तरल छन् ,हेरौँ न छत्ता दिई
हिंसा हुन्न जघन्य निर्मम कतै , हुन्नन् बलात्कार नि
हुन्नन् रक्तनदी प्रवाहित कतै , हुन्नन् दुराचार नि
 
नारी भित्र विचित्र छन् सृजन का , नाना तरानाहरू
नारी मा सुर - राग छन् प्रकृति का , गाना बजानाहरू
छम्छम् नृत्य र वाद्य - वादन - कला , नारीहरू भित्र छन्
प्रेमानन्द - पला कलात्मक गला , नारीहरू भित्र छन्
 
लोग्ने मानिस का कुशासन युगौँ , भोग्यौं र देख्यौं पनि
लोग्ने मानिस कै प्रशासन शयौँ , देख्यौं र लेख्यौँ पनि
पाएनौं `प्रभुता´ विकास - पथ का , हाँसो खुशी का क्षण
लाएनौँ मणि स्वर्णहार कहिल्यै , केयूर या कङ्कण
 
एक्काईस सदी शरीर बल ले , चल्दैन है यो बुझौं
तेजोपुञ्ज हुने प्रदीप जल ले , बल्दैन है यो बुझौं
मायाँ ले मुटु ले दह्रो मगज ले , हुन्छन् समस्या हल
भ्रष्टाचार बढाउने पुरुष का , के काम का छन् बल ?
 
होला सन्तति ढुक्क मातृ - ममता , पाएर यो देश मा
होला गाउँ समाज "सभ्य" समता , पाएर यो देश मा
आमा को करुणा लिई पुरुष ले , छाड्लान् कि हिंसा जति ?
मायाँ प्रेम दया पिई अझ बढी , गर्लान् कि सर्वोन्नति ?
 
लोग्ने मानिस का अहं र पशुता , हावी हुँदैछन् सधैं
कुर्सी मा पद मा विशिष्ट तह मा , दावी हुँदैछन् सधैं
सुम्पौँ शासन - भार यो समय मा , नारी बनून् स्वामिनी
नारी बाट यहाँ अनन्त सुख को , बल्नेछ सौदामिनी
 
 
नाना तराना = अनेक किसिम का शास्त्रीय लय मा आधारित गीत
केयूर = पाखुरा मा लगाइने सुन को बाजुबन्द (गहना)
कङ्कण = सुन को बाला
सौदामिनी = बिजुली

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016